लायन्स क्लब अफ काठमाडौँ रोयल फ्रेन्डस् र मुनलाइट पोलीक्लिनकको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर -ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सिद्धिपुरमा लायन्स क्लब अफ काठमाडौँ रोयल फ्रेन्डस् र मुनलाइट पोलीक्लिनकको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा सम्पन्न उक्त कार्यक्रम लायन अमन महर्जनको संयोजकत्मा सम्पन्न भएको हो । शिविरले स्थानिय नागरिकलाइ धेरै लाभ मिलेको साथै वहुसंख्यक व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको क्लबका अघ्यक्ष लायन दिप्रश शाक्यले बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिविरमा स्क्रिनिङ र स्वास्थ्य जाँच, मधुमेह र लिपिड प्रोफाइल परीक्षण, रक्तचाप जाँच, बलगम परीक्षण, आँखा परीक्षण (आँखाको दृष्टि र मोतियाबिन्दू), पल्मोनरी फंक्शन टेस्ट, अनुहार, कान, नाक, घाँटी र घाँटी (ईएनटी), छाला सम्बन्धित रोगहरु, थाइराइड परीक्षण, बच्चाहरुको लागी सामान्य जाँच जस्ता सेवाहरू प्रदान गरिएको थियो ।

कार्यक्रममा सामान्य चिकित्सक,स्त्री रोग विशेषज्ञ र प्रसूति रोग विशेषज्ञ, बाल रोग, अर्थोपेडिक्स, छाला विशेषज्ञहरुले परामर्श सेवा पनि प्रदान गर्नु भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा ज्वरो, टाउको दुख्ने, ग्यास्ट्राइटिस, खोकीको औषधि र भिटामिन समेत प्रदान गरिएको थियो। इनहेलर र दम (सीओपीडी) जाँच गर्ने मेसिन पनि निःशुल्क वितरण गरिएको थियो। शिवीरमा किष्ट हस्पिटलले पनि आफ्नो मेडिकल टिम मार्फत सहयोग गरेको थियो । साथै स्थानिय सिद्धिपुर विकास समितिले समेत स्वयमसेवकको लागि विशेष योगदान दिएको थियो।

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धर्म महर्जन ,सिनियर डिष्ट्रिक को चिफ एडभाईजर लायन दिनेश खरेल, सिनियर डिष्ट्रिक एडभाईजर लायन अमर ज्योती रञ्जीत, एरिया चिफ कोअर्डिनेटर यदुराज लामिछाने साथै रिजन चेयर पर्सन लायन दिपक थापा र जोन चेयर पर्सन पुरूषोत्तन बस्नेत को समेत उपस्थिति थियो ।


प्रकाशित | २२ पुष २०७९, शुक्रबार ०९:००