एनआरएनए कतारद्धारा जनसवालका सम्पादक बगालेसहित एनआरएनका अभियन्तालाई सम्मान

दोहा : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले आफ्नो २० औं स्थापना दिवसका अवसरमा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई सम्मान गरेको छ । लामो समयदेखि कलम चलाउँदै आएका बगालेले एनआरएनए कतारले २० औं स्थापना दिवसमा दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको हो ।

नेपाली राजदुतावास कतारका राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता, एनआरएनए आईसिसिका उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष यस्मीन बेगम सैयद, सचिव प्रविन गुरुङ, सहकोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ, राजेन्द्र अर्यालको विशेष आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संपन्न कार्यक्रममा बगालेलाई उक्त सम्मान गरिएको हो ।

No description available.

उक्त कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका संपादक बगाले सहित एनआरएनए आईसिसी पदाधिकारीहरु उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष यस्मीन वेगम सैयद, सचिव प्रविन गुरूङ, सहकोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली, राजेन्द्र अर्याल, पूर्व उपाध्यक्ष देवकाजी डंगोल, सागर नेपाल, अभियन्ता राजु सैयद, शनि कुमार ओली, चानक पोखरेल, बिमल सुवेदी, मोहम्मद अजिज अली, रामहरी गैरे, केबि हमाल, नरेश श्रेष्ठ, कुमार खड्का, क्रान्ती सिंह, डा. नितेश अर्याल, माया केसी, नेपाली ब्यावसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई लगायतलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित बगालेले एनआरएनए एनसिसी कतारको उल्लेखनीय कार्यको खुलेर प्रंशसा गर्दै अध्यक्ष मुक्तदालगाएत सिंगो कार्यसमितीलाई धन्यवाद ब्यक्त गर्नुभयो ।


प्रकाशित | १२ पुष २०७९, मंगलवार २०:५८