न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १०औं वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु भएको छ। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष प्रभु थापालगायतको सहभागिता रहेको छ ।
अध्यक्ष सुनील साहको अध्यक्षतामा भइरहेको कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधि तथा नवनिर्वाचीत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी छन् । आज साधारणसभाको पहिलो दिन महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको विषयमा छलफल हुनेछ ।
आजै आगामी कार्यकालको लागि नवनिर्वाचीत कार्यसमितिको शपथ ग्रहण कार्यक्रम राखिएको छ । अमेरिकामा आगामी कार्यकालको लागि बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचीत भइसकेको छ । सो नयाँ कार्यसमितिले सपथ ग्रहण लगत्तै पद्भार समाल्नेछ । साधारणसभा आइतबारसम्म चल्नेछ ।





तस्विर सौजन्य :सतिश चापागाईँ
प्रकाशित | १९ असार २०७८, शनिबार २२:२०