धारिलो हतियार प्रहार गरी महिलाको हत्या

ललितपुर : ललितपुरको चापागाउँमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । ढोलाहिटीका ३५ वर्षीय उज्ज्वल महतले २५ वर्षीया अन्जना लामा महतलाई खुकुरी प्रहारी गरी हत्या गरेका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । प्रहरीका अनुसार हत्या गर्नेमा आफनै जेठाजु हुन । बुहारीको  हत्यामा संलग्न महतलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:३५