कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्नु भएको हो ।  निर्वाचनमा ८९ मतदाता रहेकोमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाउनुभयो ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरे पनि आफ्नै समूहको मत पाउँन सकेनन् ।


प्रकाशित | ६ पुष २०७९, बुधबार ११:४०