निर्वाचन आयोगलाई ओलीको प्रश्न – बुथ कब्जा भएको प्रमाण दिँदा पनि पुनः मतदान किन नगरेको ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धाँधली र बुथ कब्जा गरेकोे बताउनु भएको छ ।

अध्यक्ष ओलीले धाँधली र बुथ कब्जा भएको प्रमाण दिँदा पनि निर्वाचन आयोगले निष्पक्ष भूमिका निर्वाह नगरेको बताउनु भयो ।  सत्ता गठबन्धनले धाँधली गर्दा पनि एमालेले लोकप्रिय मत ल्याउन सफल भएको उहाँको भनाई छ ।

एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले एमालेमाथि चौतर्फी हमला नभएको भए देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने बताउनुभयो ।

राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको ओलीले बताउनुभयो । उहाँले धाँधलीकाबीच पनि एमालेले सबै चक्रव्युह भने तोडेको बताउनुभयो ।


प्रकाशित | ५ पुष २०७९, मंगलवार १४:४७