बाग्लुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

बाग्लुङ: बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाउनुभयो । यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको यो पहिलो जित हो।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार १७:०४