बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ, आयोगले निष्प्रभावी बनाउँछ: प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ। बुथ कब्जा लोकतान्त्रिक मान्यता विपरीत भएकाले त्यस्तो सोच नराख्न आयोगले उम्मेदवारहरूको ध्यानाकर्षण गरेको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको जानकारी गराउनुभयो ।

‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन। यो काम लोकतान्त्रिक मान्यता विपरीत पनि छ। कुनै पनि उम्मेदवारले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ,’ थपलियाले भन्नुभयो ।

बुथ कब्जाको प्रयास कहीँ कतै भएमा तुरून्तै स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा सूचना दिन आयोगले मतदातालाई आग्रह गरेको छ।


प्रकाशित | १ मंसिर २०७९, बिहीबार १५:१२