स्पेनमा २२ हजार ६ सय ४७ जना उपाचारपछि निको

स्पेन:  कोरोना भाइरसको कारण स्पेनमा पछिल्लो २४ घण्टामा ८६४ जनाको मृत्यु भएको छ । यो अहिले सम्मकै उच्च हो । पाँच दिनसम्म लगातार मृत्यु हुनेको संख्या ८ सयभन्दा माथि छ । बुधबार मध्यान्नसम्म १ लाख २ हजार १३६ जना संक्रमित भएका छन् भने १ लाख बढी कोरोना संक्रमित हुने मुलुकहरुमा अमेरिका,इटाली पछि स्पेन तेस्रो मुलुकमा परेको छ ।

त्यस्तै, ५ हजार ८ सय ७२ जनाको सघन उपाचार कक्षमा उपचार भईरहेको समाचारमा जनाइएको छ। स्पेनमा २२ हजार ६ सय ४७ जना उपाचारपछि निको भएका छन्। स्पेनमा ७ जना नेपालीहरु पनि संक्रमित भएको र ति सवै क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका छन्।

संक्रमित नेपालीहरुको चार छुट्टाछुट्टै अस्पतालमा उपाचार भइरहेको त्यहाँस्थित नेपाली पत्रकार बसन्त रानाभाटले जानकारी गराउनुभयो । केहिलाई अस्पतालबाट डिस्चार्ज गरेर होटलमा आइसोलेसनमा राखिएको छ।


प्रकाशित | १९ चैत्र २०७६, बुधबार १५:५०