काठमाडौँ : देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ ।
त्यस्तै, आज राति देशको सातवटै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित | १३ असार २०७७, शनिबार ०८:३०