फिल्म सिटी निर्माण र म्याग्नेसाइट उद्योग सञ्चालन मेरो पहिलो प्राथमिकता : बालकृष्ण शिवाकोटी

दोलखा : नेकपा एमालेका तर्फबाट दोलखा प्रतिनिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखाको फिल्म सिटीको विषयमा अफ्वाह फैलाइएको भन्दै गम्भिर आपत्ति जनाउनु भएको छ । सर्वसाधारणलाई भ्रममा पार्ने गरि विभिन्न खालका भ्रामक प्रचार र अफ्वाह फैलाइएको भन्दै उम्मेदवार शिवाकोटीले भ्रममा नपर्न सबैमा अपिल गर्नु भएको हो ।

No description available.

एमालेको सरकार बन्दा खेरी शूरु भएको फिल्म सिटी अहिले केहि बजेट परेर काम शूरुवात भइरहेको बताउनुहुँदै आफ्नो विजयीपछि यसलाई सम्पन्न गर्नु पहिलो प्राथमिकता हुने बताउनु भयो ।

भिमेश्वर नगर पालिका ८ र ९ को चुनावी सभालाई सम्बाधेन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले लामो समयदेखि बन्द म्याग्नेसाइट उद्योग सञ्चालनका लागि विगतदेखि नै आफूले पहल गर्दै आएको बताउनु भयो । माओवादीले म्याग्नेसाइट उद्योगमा आगजनी गरेर हजारौको रोजगारी खोसको र करोडौको क्षति गरेको बताउँनुहुँदै आफ्नो उम्मेदवारी म्याग्नेसाइट उद्योग सञ्चालनमा ल्याउन र जिल्लामा विकासको लहर ल्याउनका लागि भएको स्पष्ट पार्नु भयो ।

No description available.

उम्मेदवार शिवाकोटीले विगतदेखि नै उद्योग मन्त्रालय पुगेर उद्योग सञ्चालनका लागि पहल गरे पनि ब्यक्तीगत पहुँचले मात्र नपुगेको र विजयी भएपछि भने आफ्नो पहिलो प्राथमिकता नै बन्द उद्योग सञ्चालनमा ल्याउनका लागि हुने बताउनुभयो ।

उद्योग सञ्चालनमा केहि प्राविधिक कठिनाई भएको र त्यसका लागि आफूले निकै नजिकबाट बुझेकाले आफ्नो बल बुत्ताले म्याएसम्म सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

No description available.

दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित डाङडुङे क्षेत्रको १५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण हुँदैछ भने
देशकै ठूलो म्याग्नेसाइट उद्योग २०५५ सालदेखि बन्द छ । साथै ०५८ सालमा तत्कालीन माओवादीले आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि खरिढुंगाको ओरियन्ड म्याग्नेसाइट उद्योग २४ वर्षदेखी भग्नावशेष भएर रहेको छ।


प्रकाशित | २६ कार्तिक २०७९, शनिबार १७:२६