दुहबी गोल्डकपमा वेस्ट बंगाल भारत र दाफिन्स प्रतिस्पर्धा

सुनसरी : सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपमा आज दुई विदेशी टिमबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वाटरफाइनलमा दुई विदेशी टिम वेस्ट बंगाल फुटबल क्लब भारत र दाफिन्स क्लब क्यामरुन भिड्ने भएका हुन ।

मंगलबार विजेताले सेमिफाइनलमा आगामी बिहिबार हुने झापाको दुई टिम मेची नेत्रालय र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भेट गर्नेछ। सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विजयी हुँदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ। आयोजक एलेभन एरोज क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थ्री स्टारले बुधबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल दुहबी रंगशालामा दिउँसो साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ०८:५८