एनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनीक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)

काठमाडौं : गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ । संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र एनआरएन बैठकलगायतका विभिन्न शीर्षकबाट गरि सो आम्दानी भएको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ आम्दानी विवरण

This image has an empty alt attribute; its file name is income-nrna.png

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा १७ करोड २९ लाख २ हजार ८ सय ९६ रुपैयाँ ३४ पैसा खर्च भएको छ । संघले प्रशासनीक खर्च तर्फ ९२ लाख ९१ हजार ७०३ रुपैयाँ १४ पैसा, लाप्राक नमूना प्राजेक्टमा ८८ लाख २४ हजार ७९६ रुपैयाँ ७९ पैसा, १० औं विश्व सम्मेलनमा १ करोड ३३ लाख ३६ हजार २३८ रुपैयाँ २७ पैसा, वैदेशिक रोजगार कोषका लागि १० लाख ७१ हजार ८८१ रुपैयाँ, ब्लड बैंक बसकका लागि ५९ लाख ५९ हजार ९ सय ६७ रुपैयाँ ५० पैसा खर्च गरेको हो ।

कुन शीर्षकमा कति खर्च ?

This image has an empty alt attribute; its file name is expendetiture.png

त्यस्तै, वैदेशिक लगानी सम्बन्धी सेमीनारमा २५ लाख ७७ हजार ८४० रुपैयाँ ८९ पैसा, कोभिड १९ राहत तथा उद्दारका लागि ४ करोड ९२ लाख २० हजार ३०१ रुपैयाँ २९ पैसा, द सिंगर आइडलका लागि ७० हजार ५ सय १० रुपैयाँ, साहित्य पुरुस्कारका लागि ३ लाख ५६ हजार ३२२ रुपैयाँ ५२ पैसा, आइएलओ प्राजेक्टतर्फ ४ करोड २४ लाख ८४ हजार ४५८ रुपैयाँ ७४ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जनाइएअनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले २३ करोड ७ लाख ५७ हजार ५९ रुपैयाँ ६५ पैसा आम्दानी गरेको थियो भने १६ करोड ८० लाख ८१ हजार ९ सय ३४ रुपैयाँ १२ पैसा खर्च भएको थियो । 

प्रतिवेदनमा असार मसान्तसम्म बैंक अफ काठमाडौं, माछापुच्छ्े बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी बैंक, प्रभु बैंक, सानीमा बैंक, सिद्धार्थ बैंक र नगद् गरि १० करोड ९० लाख ५३ हजार ३ सय ५४ रुपैयाँ ३१ पैसा रहेको उल्लेख छ ।

कुन बैंकमा कति छ रकम ?

This image has an empty alt attribute; its file name is bank.png

लेखा परिक्षण एसआर पाण्डे एण्ड को-चाटर्ड एकाउन्टेन्ट कम्पनीका सुदर्शन राज पाण्डेले गर्नु भएको हो । प्रतिवेदनमा लेखा परिक्षक पाण्डेसहित संस्थाका अध्यक्षहरु कुल आचार्च, रविना थापा, डा. बद्री केसी, कोषाध्यक्षहरु सुनील साह, फडिन्द्र पन्त, लोक प्रसाद दाहाल, कार्यकारी अधिृकत रवि किरण अधिकारी र लेखा प्रमुख रविना महर्जनको हस्ताक्षर छ ।

प्रतिवेदन एनआरएनएको गत अक्टोवर १० मा भएको एनआरएनएको वार्षिक साधारणसभाले सर्वसम्मत पारित गर्दै अनुमोदन समेत गरिसकेको छ ।

यस्तो छ लेखा परिक्षण प्रतिवेदनको पूर्ण पाठ


प्रकाशित | २५ कार्तिक २०७९, शुक्रबार १८:३४