तनहुँको समग्र विकासका लागि मलाई विजयी गराउनूस् : किरण गुरुङ, प्रतिनिधिसभा सदस्य उम्मेदवार

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किरण गुरुङले तनहुँको समग्र विकासका लागि आफूलाई विजयी गराउन आग्रह गर्नु भएको छ । आफूले विगतदेखि नै विकास निर्माणमा महत्वपुर्ण योगदान गर्दै आएको बताउनुहुँदै गुरुङले तनहुँको थप अपूरो योजनालाई पूरा गर्न आफ्नो जीत अनीवार्य भएको बताउनु भयो ।

केपी शर्मा ओलीको सरकार बनेपछि देशमा उल्लेख्य विकास निर्माणको कार्य भएको र विकासले गति लिएकोमा परमादेशको सरकार आएपछि राष्ट्रिय गौरवको योजनामा समेत विकास बजेट काटेको उहाँले बताउनु भयो ।

चुनावी दौरानमा रिसिङमा आयोजित भेलामा गुरुङले गण्डकी प्रदेशको अर्थमन्त्री भएर तनहुँमा उल्लेख्य मात्रामा विकास निर्माण, पुल पुृलेसा, खानेपानी र पर्यटनका क्षेत्रमा वजेट विनियोजन गरेको बताउनु भयो ।

‘जनताको जुन आशा र विश्वास थियो, त्यसमा ठेस पुरयाउने कुनै काम गरेको छैन’ , उहाँले भन्नु भयो, ‘जनताको विश्वास नै आफनो सम्पति भएको हुदाँ अव पुन नेकपा (एमाले) लाई बहुमत दिलाएर सुखी नेपाली समृद्ध नेपाल वनाउने काममा भुमिका खेल्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार केदार सिग्देलले नेकपा एमालेको सरकारले गरेको कामलाई निष्पक्ष भएर हेर्न आग्रह गर्नु भयो । एमाले सँधै जनताको साथमा भएको हुँदा फेरि पनि क्षेत्रमा विकास निर्माण र समृद्ध बनाउन एमालेलाई जिताउन आग्रह गर्नुभयो ।


प्रकाशित | २३ कार्तिक २०७९, बुधबार २०:२३