प्रवासी नेपाली मञ्चको नवनिर्वाचीत कार्यसमितिलाई एमाले अध्यक्ष ओलीको बधाई (फोटोफिचर)

काठमाडौं:  नेकपा एमालेले प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ । एमाले मुख्यालयमा सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीले प्रथम अन्तराष्ट्रिय अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भएको हो ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी मञ्चले विश्वभरि एकताको सन्देश दिएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाँले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आ-आफ्नो ठाउँमा गएर एमालेका उम्मेदवार विजयी गराउने कार्यमा लाग्न पनि निर्देशन दिनु भयो ।

कार्यक्रममा नवनिर्वाचीत अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङ सहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी रसदस्यहरुको सहभागिता थियो । अध्यक्ष ओलीले सहभागिहरुलाई खादा लगाएर बधाई दिनु भएको थियो ।

आइतवार काठमाडौंमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चयन हुनुभएको थियो भने उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन हुनु भएको थियो ।

यसैगरी केन्द्रीय सदस्यहरुमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन हुनुभएको छ भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, बिमला भण्डारी, शिव बरुवाल, गोबिन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन हुनुभएको थियो ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तिर्थ गौतम, ज्योती शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एशिया महादेशबाट सुरेश कार्की, डा.शरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन हुनुभएको छ । 


प्रकाशित | २२ कार्तिक २०७९, मंगलवार ०७:४०