बझाङ जीप दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो, घाइतेहरुको उद्दार कार्य जारी

काठमाडौं :  बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो।

प्रारम्भिक जानकारी अनुसार जीपमा सवार कल्लु खड्का, उनकी श्रीमती, छोरा, छोरी, त्यस्तै हेमराज खड्का, सुनिता बोहोरा तथा उनका श्रीमानको मृत्यु भएको छ। घटनाबारे थप जानकारी आउन बाकी रहेको छ। घाइतेहरुको उद्दार कार्य जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २ असार २०७६, सोमबार १७:५०