काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समिति संयोजक सञ्जिव सापकोटाले विश्वभरिका गैर आवासीय नेपालीमा स्वास्थ्य समितिले तयार पारेको एक अनलाइन फारम भरिदिन आग्रह गर्नुभएको छ ।
संयोजक सापकोटाले सो फारमले प्रत्येक देशमा नेपालीमा कोरोना संक्रमणको पुष्टि भएका र संदिग्ध संख्या तथा तिनीहरूको स्वास्थ्य स्थिति सम्बधित प्रश्नहरु सोध्ने जानकारी गरानुहुँदै स्वास्थ्य समिति र एनआरएनलाई फाराम भरेर जानकारी प्राप्त गरि सहयोग गर्न आग्रह गर्नुभएको हो ।
सो फारमको आधारमा एनआरएन वेबसाइटमा छिट्टै संग्रह गरिएको जानकारी प्रदान गरिने संयोजक सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार यस जानकारीले सबैलाई जान्न मद्दत पुर्याउँछ कि हाम्रा कति जना सदस्यहरू हाल प्रभावित भएका छन्र कुन प्रकारको लक्षित मद्दत चाहिन्छ।
आदरणिय विश्वव्यापी एनआरएन एन.सि.सि. अध्यक्षहरु तथा सम्पुर्ण साथीहरु
कोरोना भाइरस महामारीको समयमा विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुको स्वास्थ्यको अनुगमन गर्न (health tracking) स्वास्थ्य समितिले तलको लिंकमा एक अनलाइन फारम तयार गरेको छ। यस फारमले प्रत्येक देशमा नेपालीमा कोरोना संक्रमणको पुष्टि भएका (confirmed cases of corona infection) र संदिग्ध संख्या (suspected cases of infection), तिनीहरूको स्वास्थ्य स्थिति सम्बधित प्रश्न हरु सोद्ध्छ।
कृपया स्वास्थ्य समिति र एनआरएनलाई फाराम भरेर जानकारी प्राप्त गर्न सहयोग गर्नुहोस्। हामी एनआरएन वेबसाइटमा छिट्टै संग्रह गरिएको जानकारी प्रदान गर्नेछौं। यो जानकारी सबैको लागि
उपयोगी हुनेछ। यस जानकारीले सबैलाई जान्न मद्दत पुर्याउँछ कि हाम्रा कति जना सदस्यहरू हाल प्रभावित भएका छन्
र कुन प्रकारको लक्षित मद्दत चाहिन्छ।
प्रश्न र जानकारी को लागी सम्पर्क:
डा.संजीब सापकोटा
स्वास्थ्य समिति, एनआरएन
email: chair.health@nrna.org
https://nrna.org/about_corona#
https://docs.google.com
प्रकाशित | ६ चैत्र २०७६, बिहीबार १६:५५