तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण गुरुङका यस्ता छन् चुनावी एजेन्डा

तनहुँ : नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण गुरुङले आफ्ना विभिन्न चुनावी एजेन्डाहरु अगाडि सार्नु भएको छ । यसअघि गण्डकी प्रदेशको अर्थ मन्त्री हुँदा अत्यन्तै लोकप्रिय काम गर्नु भएको गुरुङले समग्र विकासका खाकासहित आफना चुनावी एजेन्डाहरु प्रस्तुत गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is kiran.jpg

‘समृद्ध नेपाल र सुखी जनता’ को मूल उद्देश्य, लक्ष्य, नीति र कार्यक्रम सफल पार्न परिकल्पना गरिएको सामाजिक तथा आर्थिक रुपान्तरणसहित लोकतन्त्रका मूल्य र मान्यतालाई स्थापित गर्न, सम्भावित उत्पादन क्षेत्रमा उत्पादनशील क्षमता वृद्धि गर्दै उत्पादनमुखी युवा लक्षित कार्यक्रममार्फत स्वरोजगारीका अवसरहरूको सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको गुरुङले बताउनु भयो ।

त्यस्तै, हरेक जनताको घर आँगनमा पुगी जनताकै स्वशासनलाई प्रत्याभूत गराई सुशासनमार्फत मुलकमा दीगो शान्ति, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतन्त्रलाई सार्थक बनाउने, युवाहरूको ज्ञान, जोस, जाँगर र उत्साहलाई आर्थिक समृद्धिक‍‍ो ऊर्जामा परिणत गरी यही माटोमा रोजगारीका अवसरहरू सिर्जना गर्दै ुसमृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने लगायतका एजेन्डा उम्मेदवार गुरुङका छन् ।


प्रकाशित | १७ कार्तिक २०७९, बिहीबार १३:०१