अस्ट्रेलियाको मेलबर्नमा नेपाली दिदी-बहीनीहरुले भब्यताका साथ मनाए तीज कार्यक्रम

सुशिल चालीसे/मेलबर्न

दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा DBSV तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । । मेलबोर्नमा अबस्थित नेपालीहरुका बीच निकै चर्चित रहेको यो संस्था जसले महिलाहरुका बिबिध बिषयहरुमा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । हरेक बर्ष संचालन गर्दै आएको महिलाहरुको महान चाड तीज कार्यक्रम यो वर्ष पनि ” Preserving Culture Raising Hope ” को नारा सहित DBSV तीज बिबिध आकर्षक कार्यक्रमहरु सहित सम्पन्न गरेको छ ।

  

अगष्ट २४ तारिखका दिन Preston Town Hall मा साँझ ५ बजे बाट सुरु भएको उक्त कार्यक्रममा मुख्य अतिथी Moreland City Council का Mayor Natalie Abboud, Ms Nepal Earth Anupama Aura Gurung, Beauty Queens Ms Australia Universal 2017 Somaiye Kadivar , Mrs Turkey Globe 2018 Arzum Caglayancay , Mrs Oceania Pacific 2018 Ananya Chakrabarty , Ms South Asia Universal 2017 Hima Himani , Mrs Coral Sea Globe 2018 Eloise Grace , बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायत मेलबोर्नको विभिन्न छेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१५ डलर टिकट मुल्य रहेको उक्त कार्यक्रममा ६ सय भन्दा बढि नेपालिहरुको उपस्थिति रहेको थियो । नेपालबाट भिजिट भिसामा आउनु भएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरुलाई भने फ्री टिकटको ब्यबस्था गरिएको आयोजक सन्स्थाका कोषाध्यक्ष प्रभा श्रेष्ठले बताउनु हुदै टिकटबाट सँकलित जम्मा रकम नेपालमा हिँसा पिडित महिला तथा बालिकाहरुको सहयोगको लागि प्रयोग हुने जानकारी गराउनु भयो। कार्यक्रममा कर्के नजर, नाइँ मलाइ थाहा छैन, एउटा कुरा भनौ, पहिलो भेटैमा जस्ता बिभिन्न लोकप्रिय गीतहरु गाइसकेका आजका चर्चित लोकप्रिय गायक गायिका सन्जिब पराजुली तथा टिका प्रसाईका बिभिन्न गीत तथा तीजका गितहरुमा रमाउदै उपस्थित बिदेशी पाउनाहरु, महिला दिदीबहिनीहरु, बालबालीका साथै अतिथिहरु पनि रमाई रमाई नाँचेका थिए ।

कार्यक्रममा मुख्य आकर्षणको रुपमा संस्थाका कार्यकारी सदस्य बर्षा राजभण्डारीले सम्योजन गर्नु भएको आमा छोरीको ग्रुप डान्स, Children Entertaining Corner को ब्यबस्था, Sari and Traditional Jewellery Stall, केटाकेटीहरुका लागि Face Painting , Free Photography, Beauty Pageants जस्ता बिबिध आकर्षक कार्यक्रम रहेको थियो । नेपालीहरु बिदेशी भूमिमा रहेर पनि आफ्नो कला सस्कृतिलाई जगेर्ना गर्दै तीज जस्तो सास्कृतिक कार्यक्रममा सहभागी जनाउन पाएकोमा सबैजनाले खुशी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यबाद दिदै गरेको प्रष्ट देखिन्थ्यो ।

 कार्यक्रममा आमन्त्रित अतिथिहरुबाट नेपाली महिला दिदीबहिनीहरुलाई तीजको सुभकामना दिनुभएको थियो । दिव्या सङ्गामी, मोनिका तामाङ्ग, रुची गौतम द्वारा संयुक्त रुपमा संचलान गरेको उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जमुना पराजुलीले कार्यक्रममा उपस्थित सम्पुर्ण बिदेशी अतिथीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपालीहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै तीज नेपाली महिलाहरुको महान चाड भएको र सामाजिक उदेश्य सहित संचलान गर्न पाउदा गर्ब महसुश भएको बताउनुभयो।

उक्त कार्यक्रम भब्यताका साथै सभ्य रुपमा सम्पन्न भएको बताउनु हुदै आयोजक संस्थाका कार्यकारी सदस्य निर्मला न्यौपानेले धन्यवाद ज्ञापन गर्दै तीज साँझ कार्यक्रम आयोजना गर्न पाउदा संस्थाको तर्फ बाट खुशी ब्यक्त गर्दै आफुहरु निक्कै उत्साहित भएको बताउनु भयो । आफ्नो कला सँस्कृतिका बिबिध कार्यक्रमहरु आगामी दिनहरूमा सन्चालन गर्न आजको सफलताले झनै जोस जागर थपेको बताउनु भयो ।

कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, उपस्थित नेपाली समुदाय, संस्थामा आबद्ध प्रतिनिधिहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुदै नेपाली महिलाहरूको महान चाड तीजको सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा आमन्त्रित अतिथि कलाकार द्वय गायक सन्जिब पराजुली तथा गायिका टिका प्रसाईलाइ समितिका तर्फबाट प्रभा श्रेष्ठ र जमुना पराजुलीले मायाको चिनो प्रदान गर्नु भएको थियो ।


प्रकाशित | ७ भाद्र २०७६, शनिबार १९:५४