ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ । आइतबार एक सयले बढेको सुनको मूल्य आज भने ४ सयले बढेको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन तोलाको ५९ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने आज स्थिर छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ११:३८