नर्या वर्षमा घुम्न आएका युवा स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता

चितवन : नयाँ वर्षमा घुम्न आएका एक युवक नारायणी नदीमा डेबेर बेपत्ता भएका छन् । आइतबार बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन । सँगै नदीले बगाएका अर्का एक युवकलाई भने प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ। गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १४:४८