बरिष्ट गीतकार अम्बिका गुरुङको ‘कति माया’ रिलीज

काठमाडौँ : बरिष्ट गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ ।

गीतकार गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । गीतकार गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउदै आएकी छिन ।

सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार १०:४८