झापा ४ मा एलपी सावा लिम्बु र देवकुमार थवेलाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवार खुश्वु ओली

झापा -झापा क्षेत्र नम्बर ४ मा एलपी सावा लिम्बु र देवकुमार थवेलाई चुनौति दिँदै खुश्वु ओली स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मिस टिन नेपाल–२००६ को टाइटल विजेता ओली पेशागत हिसाबमा द्वन्द्व र मध्यस्थतामा अन्तर्राष्ट्रिय परामर्शदाताका साथै बालबालिका संरक्षणमा क्षेत्रमा संलग्न हुनुहुन्छ ।

अक्स्फोर्ड विश्वविद्यालयबाट ग्राजुएट गर्नुभएको उहाँसँग देश विदेशमा विभिन्न संघसंस्थासँग समन्वय गरेर कृषि, बालबालिकाको सुरक्षाजस्ता क्षेत्रमा काम गरेको अनुभव पनि रहेको छ । राजनीतिमा मेरो उपस्थिति वास्तवमा परिवर्तनका लागि हो, जुन परिवर्तन मैले अरुबाट प्राप्त गर्न सकिन । देशमा भइरहेका बेथितिहरू रोक्न हामीजस्तो सक्षम, हिम्मत भएका युवा अघि सर्नुपर्छ भन्ने मान्यता उहाँको रहेको छ ।

ओलीको गैरसरकारी संस्थाले सडक बालबालिकाको पुनस्र्थापनामा काम गरिरहेको छ । महिला सशक्तीकरण र किसानलाई सशक्तीकरण गर्नेमा पनि सक्रिय छ। अहिले नेपालमा प्रिजन रिह्याविलिटेसन अन्तर्गत नेपालको विभिन्न जेलमा सशक्तीकरण कार्यक्रम चलाईरहेको,त्यहाँका कैदी बन्दीहरूलाई खेलकुदको माध्यमबाट सशक्तीकरण गरीरहेको कैदी बैन्दिहरु छुटेर आउँदा फेरि अप्ठेरो परिस्थितिमा जानु नपरोस् भनेर पुनस्र्थापना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

राष्ट्रियता जोगाउनका लागि यो युवा वर्ग, यो शिक्षित वर्गले देश विदेश सबैतिरको हस्तक्षेपसँग पनि निडर भएर आफ्नो एउटा अडान लिन सक्ने हिम्मत भएको हुनाले वास्तवमा यो देशले तीसौं वर्षदेखि नपाएको परिवर्तनलाई हामीले हाम्रो सक्षमता, हाम्रो दक्षता र अनुभवलाई प्रयोग गरेर राजनीतिलाई समाज सेवाको रूपमा अघि सार्ने हो । मेरो लागि राजनीतिले त्यही अर्थ राख्छ । म राजनीति जानेर आएको मान्छे होइन र कसैलाई राजनीति सिकाउन पनि चाहन्न । मैले जे काम गरिरहेको थिएँ ,त्यसैको अनुभवका आधारमा सुशासनको प्रणाली लिएर राजनीतिमा आएको बताउनुहुन्छ ।

उहाँले जनताको आवाज सदनसम्म पुर्‍याउ र नीतिगत परिवर्तन गरी ब्यवस्थित प्रणाली बसाउने अठोटका साथ मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्बारी घोषणा गरि चुनावी गतिविधिलाई तिव्रपार्नु भएको छ।

क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेकी ओलीकोको प्रतिस्पर्धा कांग्रेस-माओवादी गठबन्धनका उमेदवार र राष्ट्रिय प्रजातन्त्र पार्टी -एमालेको पनि गठबन्धन उमेदवार सँग हुँदैछ । यो क्षेत्र मा कांग्रेस-माओवादी तर्फबाट देवकुमार थवे र राष्ट्रिय प्रजातन्त्र पार्टी – एमालेको गठबन्धनका तर्फबाट उमेदवार एलपी सावा लिम्बु सहित अन्य धेरै उम्मेदवार मैदानमा छन् । ओली यी सबैलाई पछि पार्दै जित निकाल्नेमा आशावादी हुनुहुन्छ ।

आफ्नो क्षेत्रमा विभिन्न धार्मिक स्थलहरूलाई पर्यटनसँग जोडेर त्यहाँबाट आर्थिक उन्नति गर्ने ,इतिहासमा भएका चिल्लागढ, कोटीहोम, धनुषकोटीको संरक्षण गर्ने ,संम्वद्र्धन गर्ने , समुदायमा भएका विपन्न वर्गहरू जस्तै सन्थाल लगायत विभिन्न समुदायका संस्कृति, उहाँहरूका नृत्य, कला उहाँहरूका लागि कला केन्द्रहरू स्थापना गर्ने उहाँको योजना रहेको छ ।

कृषि उत्पादनको लागि प्राङ्गारिक मलको एउटा फक्ट्रि स्थापना गर्ने ,झापा जिल्लाको क्षेत्र नं ४ मा नदीको कटानले गर्दा घरहरू डुबानमा पर्ने र बाढीको प्रकोपमा जनता पर्ने भएकाले बाँधलाई व्यवस्थित गर्ने र स्वरोजगारको योजनाहरू ल्याउने उहाँहरूलाई उद्योगसँग जोड्ने, रोजगारीसँग जोड्ने मेरो प्रमुख लक्ष्य रहेको बताउनुहुन्छ ।

‘मसँग छुट्टै भिजन छ जसले देश बनाउँछ र जनतालाई न्याया दिन्छ त्यसैले पनि म जनप्रतिनिधि हुनुपर्छ’ उहाँले भने, ‘ दलहरुले हिजोको जस्तो गाना गाएर हुँदैन, अहिलेसम्म उनीहरुले देशलाई कुन अवस्थामा पुर्‍याए भन्ने जनताले राम्रो बुझेका छन् त्यसैले म नै सबैको साझा उम्मेदवार हुँ ।


प्रकाशित | ४ कार्तिक २०७९, शुक्रबार २२:३१