दुई दिनभित्र पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्छौ : प्रचण्ड

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकि काम सम्पन्न गरिसक्ने बताउनुभएको छ । एकीकरणको काम सम्पन्न गर्न सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी गराउनुभयो । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै झण्डै ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने बताउनुभयो । पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०९:११