नेपालमा थपीए ६,८२७ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौं – नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमित थपिदा १० जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९ )को संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १६:३०