कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने सरकारी निर्णय

काठमाडौंं : सरकारले कोरोना भाइरस कोभिड–१९० प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा नदिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो  ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले चीन, दक्षिण कोरिया, जापान, हङकङलगायतका अतिप्रभावित मुलुकमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाइएको बताउनुभयो । कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतिबन्ध फुकुवा र थप देशमा रोक लगाउने निर्णय गरिनेछ ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १७:२८