भक्तपुर : नेकपा एमालेले भक्तपुर जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं.मा जिल्ला विकास समितिका निवर्तमान संयोजक समेत रहेका नवराज गेलाललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, प्रदेश सभा भक्तपुर ‘क’ मा नारायण सुन्दर शिन्तकला, प्रदेश सभा चाँगुनारायण ‘ख’ मा मोहन वीर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
उता प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. २ मा निवर्तमान सांसद महेश बस्नेत, प्रदेश सभा मध्यपुर’ ‘ख’ चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा सूर्यविनायक ‘क’ मा किरण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले भक्तपुर जिल्लाका उम्मेदवारहरु
प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ :- नवराज गेलाल
प्रदेश सभा भक्तपुर ‘क’ :-नारायण सुन्दर शिन्तकला
प्रदेश सभा चाँगुनारायण ‘ख’ :- .माेहन वीर श्रेष्ठ
प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. २:- महेश बस्नेत
प्रदेश सभा मध्यपुर ”ख :- चन्दनकृष्ण श्रेष्ठ
प्रदेश सभा सूर्यविनायक ‘ :”क” .किरण थापा
प्रकाशित | २१ आश्विन २०७९, शुक्रबार १९:०६