एनआरएनएले सार्वजनीक गर्यो १ अर्ब ४ करोड ५६ लाखको अनुमानीत बजेट (पूर्णपाठसहित)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आगामी आर्थिक वर्षका लागि आय व्यायको अनुमानित बजेट सार्वजनीक गरेको छ । गैर आवासीय नेपाली संघको कोषाध्यक्ष मण्डलले तयार पारी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय, पदाधिकारी र केन्द्रीय समिति बैठकबाट पारित गरिएको अुनमानीत बजेट सार्वजनीक गरिएको हो ।

कोषाध्यक्ष टिमले निकै मिहेनतका साथ विभिन्न शीर्षकमा आगामी आर्थिक वर्षको (आम्दानी–खर्च) लागि जम्मा १ अर्व ४ करोड ५६ लाख २५ हजारको बजेट तयार पारेको थियो । एनआरएनएको २० वर्ष इतिहासमा पहिलो पटक यति ठूलो आकारको बजेट आएको हो ।

कोषाध्यक्ष मण्डलले यसअघि देखिनै ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने मूल नारा सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन प्रकाशन गरि आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै आएको छ ।

बजेटमा सबैको भावना समेटिएको छ: कोषाध्यक्ष मण्डल

त्यस्तै, कोषाध्यक्ष मण्डलले १ अर्ब भन्दा माथिको वार्षिक लक्ष्यमा धेरैको भावना र प्रतिबद्धता समेटिएको जनाएको छ । १ अर्ब भन्दा माथिको वार्षिक लक्ष्यमा धेरैको भावना र प्रतिबद्धता समेटिएको र यो फ्रेममा उल्लेख भइसकेका योजनाहरु अब अर्को कार्यान्वयनको चरणमा प्रवेश गर्ने कोषाध्यक्ष टिमले जनाएको छ ।

कोषाध्यक्षहरु लोकप्रसाद दाहाल, फणिन्द्र पन्त र सुनील साहले संस्थाको आगामी वर्षको (आम्दानी–खर्च) बजेट तथा योजना व्यबस्थापनमा धेरैले विशेष चासो र प्रसंशा गर्नु भएको तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारी बैठकबाट सर्वसम्मत अनुमोदन भएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

‘यस प्रयासले संस्था २० वर्षको मात्र भएको हैन, योजना र पद्दतिमा हिड्ने प्रयत्न गरेको थप प्रमाण पनि हो, कोषाध्यक्ष दाहाल, पन्त र साहले भन्नु भएको छ, ‘योजना, तयारी र पूर्व छलफलका चरणहरु सहमति तथा सहकार्य विकास गर्ने संस्थागत अचुक उपायहरु र आफैमा समाधान हुन् । विगत ४ महिनामा हाम्रो वित्तिय विभागको प्रयत्नमा सचिवालयको लेखा शाखा, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तथा पूर्व कोषाध्यक्ष, निवर्तमान कोषाध्यक्ष, पूर्व तथा वर्तमान महासचिवज्यूहरु, विभाग तथा योजना प्रमुखका साथै अध्यक्षज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दै संस्थागत क्षमता अभिवृद्धि सहित लक्षित एनआरएन जगतको सेवा र प्रतिष्ठा बढाउने कार्यमा हातेमालो गर्न सकौ भन्ने कामना सहित विभिन्न क्षेत्र हुँदै राष्ट्रिय समन्वय परिषद सम्म (तरङ्ग २२) वेभ २२ ल्याउन एक साथ लागौं ।’

त्यस्तै, कुनै कार्यक्रम थपिएमा भने सचिवालयको निर्णय मार्फत योजना बन्न सक्ने गरि कोष विभागमा थप केहि पुल फन्डको व्यवस्था गरिएको उल्लेख छ । ‘कोहि पनि निराशा हुनु पर्ने छैन । वास्तविक उद्देश्य हासिल गर्ने गरि गृहकार्य र टिम तयार गरि परिपक्क योजना प्रस्तुत गर्न सबैमा आग्रह रहने छ’, विज्ञप्तिमा भनीएको छ, ‘यसलाई हासिल गर्न हामीलाई हाम्रा सचिवालयका कर्मचारी साथीहरुले पूर्ण साथ दिनुहुने छ र नव नियुक्त प्रमुख कार्यकारी अधिकृतले त्यसको नेतृत्व गर्नु हुने छ ।’

त्यस्तै, जोश जागर, ज्ञान र सिपको झलक तुरुन्तै योजना फ्रेममा फिट हुने कार्ययोजना, अर्थ संकलन, बजेट निर्माण तथा सहयोग वितरण नीति र प्रणाली, पार्टनरसिप (सहकार्य) निर्देशिका, संचार रणनीति, अनुगमन तथा मुल्यांकन बिधिमा देख्न सकिने उल्लेख छ ।

कोषाध्यक्ष टिमले निकै उत्साहका साथ काम गरेकोमा अध्यक्षले गरे प्रशंसा

संघका अध्यक्षहरु कुल आचार्य, रविना थापा र डा.बद्री केसीले कोषाध्यक्ष टिमले निकै उत्साहका साथ काम गरेकोमा प्रशंसा गर्नु भएको छ । एक शुभकामना सन्देश जारी गर्दै आचार्य, थापा र केसीले वर्तमान कार्यकालमा आर्थिक पारदर्शितालाई प्रभावकारी बनाउन कोषाध्यक्ष टिमले हरेक महिना प्रतिवेदन पेश गर्दै आएकोमा खुसी समेत ब्यक्त गर्नु भयो ।

‘गैर आवासीय नेपाली संघको वृहत्तर हित तथा संस्थाको उदेश्य प्राप्तिको लागि २०२१–२३ कार्यकालका लागि योजना तर्जुमा भएको छ । त्यसै अनुरुप सबै विभागहरु तथा समितिहरुसंग निरन्तर छलफल तथा सहकार्य गरि आय÷व्ययको विवरणलाई संकलन गरि बजेटमा समावेश गर्नु चुनौतीपूर्ण कार्य सम्पादन गरेकोमा सर्वप्रथम कोषाध्यक्ष टिमका सम्पूर्ण साथीहरुलाई बधाई दिन चाहन्छौं’, अध्यक्षहरु आचार्य, थापा र केसीले जारी गर्नु भएको शुभकामना सन्देशमा भनीएको छ, ‘यसबाट संघ भित्र आर्थिक पारदर्शिता सहित समग्र प्रणालीलाई बलियो बनाउन मद्दत पुग्नेमा हाम्रो विश्वास छ । यसका लागि हामी उहाँहरुको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । यस टिमको उत्साहपूर्ण काम गर्ने शैलीले संघको गतिविधिहरुलाई प्रभावकारी तथा कुशल बनाउनेमा हामी विश्वस्त छौं, संघको विधान अनुरुप बनेको आर्थिक नियमवालीलाई आत्मसात गरि बजेट कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं ।’

त्यस्तै, नेपालीका लागि नेपाली भन्ने नारालाई अझै प्रगाढ बनाउन यस बजेटले सहयोग पुग्ने र बजेटको कार्यान्वयनमा सबैको तर्फबाट पूर्ण सहयोग हुने विश्वास समेत गरिएको छ ।

यस्तो छ आगामी आर्थिक वर्षको अनुमानीत बजेटको पूर्ण पाठ


प्रकाशित | १५ आश्विन २०७९, शनिबार ००:१५