अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं –फरवार्ड अन्जन ह्याट्रिक पूरा गरेपछि नेपालले घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल खाएको थियो । नेपालका लागि अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए ।

बंलादेशविरुद्ध ह्याट्रिक पूरा गरेपछि अन्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सुचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । अनिल गुरुङ र भरत खवाससले पनि समान १० गोल गरेका छन् ।

यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित रहन सफल भएको छ ।


प्रकाशित | ११ आश्विन २०७९, मंगलवार १९:३३