म्यानमारमा हुने एनआरएनए एसिया प्याशिफिक बैठकको तयारी पूरा

म्यानमार: म्यानमारमा जुलाई ६ र ७ अर्थात शनिबार र आइतबार हुन गइरहको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । बैठकमा नेपाल सरकारको तर्फबाट उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथिको रुपमा सहभागि हुनुहने भएको छ । साथै कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत डा. सुर्य पाठक विशेष अतिथिको रुपमा सहभागि हुने कार्यक्रम छ ।

एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनमा एसिया क्षेत्रभित्र पर्ने १० वटा एनसिसीका प्रतिनिधिको सहभागिता रहनेछ । साथै आइसिसीको तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचीव बद्री केसीलगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ । साथै विभिन्न क्षेत्रीय संयोजक तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहनेछ ।

कार्यक्रममा लगभग ५ सयको सहभागिता रहने अपेक्षा रहेको संयोजक थापाले बताउनुभयो । कार्यक्रम तालिका अनुसार पहिलो दिन युवा, महिला र एनसिसी तथा आइसिसीको प्रतिवेदन प्रस्तूत हुनेछ । सम्मेलनमा विशेष गरि विभिन्न सेसनहरु सञ्चालन गर्ने गर्ने तयारी छ । सम्मेलनमा आवश्यक तथा उठाउनुपर्ने विषयवस्तु उठाउँदै कसरी प्रभावकारी रुपमा सम्पन्न गर्ने भन्नेमा केन्द्रित गरिने संयोजक थापाले बताउनुभयो । सम्मेलनमार्फत वैदेशिक रोजगारीमा गएका युवा र अध्ययनका लागि गएका विद्यार्थीहरुको भाव कसरी दर्शाउने भनेर केन्द्रित गराउने र विगतमा गरेका निर्णयलाई समिक्षा समेत गरिने कार्यक्रम तालिका छ ।


प्रकाशित | १९ असार २०७६, बिहीबार २१:४२