गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न सूर्यविनायकका मेयर बासुदेव थापाको निर्देशन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । पठनपाठनलाई व्यवस्थित बनाई उत्कृष्ट नतिजा निकालेर देखाउन आग्रह गर्दै मेयर थापाले नगरपालिका गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षीक जनशक्ती उत्पादनमा गर्न अन्य स्थानीय तहभन्दा अगाडि हुनुपर्नेमा  जोड दिनु भयो ।

May be an image of 6 people, people sitting and people standing

सूर्यविनायक नगरपालिका र शैक्षिक परिवर्तन प्रतिष्ठानको सहकार्यमा आधारभूत तहको प्रश्नपत्र निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठिको उद्घाटन गर्नुहुँदै मेयर थापाले कक्षा ८ सम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीमा रहेकाले प्रश्न बनाउने ढाँचा र कापी जाँच्ने तरिका ऐन कानुन बमोजीम अन्य स्थानीय तहले पनि सिक्ने गरि बनाउन सुझाव समेत दिनु भयो ।

May be an image of 4 people and people standing

शैक्षीक गुणस्तर वृद्धि गर्न शिक्षकहरुको महत्वपूर्ण भूमीका हुने बताउँदै मेयर थापाले प्रश्नपत्र बनाउदा कोषसँग मिल्दोजुल्दो छ कि छैन भन्ने जस्ता विषयलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

May be an image of 5 people, people sitting and people standing

नगरपालिकाले सडक, पुल, मठ मन्दिरसँगै अधुरा योजना पूरा गर्न लागिपरेको बताउँदै आफ्नो दोस्रो कार्यकालमा शैक्षीक क्षेत्रको गुणस्तर वृद्धि गर्नमा ध्यान दिने बताउनु भयो ।

May be an image of 6 people and people sitting

कार्यक्रममा नगरपालिकाका उपमेयर सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायत विभिन्न शैक्षीक क्षेत्रका विज्ञहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुको भूमीका महत्वपूर्ण हुने बताउनु भयो ।

May be an image of 8 people, people sitting, people standing and indoor


प्रकाशित | ६ आश्विन २०७९, बिहीबार २०:५२