आइसीसी भोकेशनल एजुकेशन कमिटीको ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित

सिड्नी: गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित हुनु भएको छ ।

अष्ट्रेलियामा लामो समयदेखि शैक्षीक क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको शर्मा गैर आवासीय नेपाली अभियानमा समेत सक्रिय हुनुहुन्छ । शर्मासँग भोकेसनल एजुकेशन सम्बन्धी राम्रो अनुभव छ ।

एनआरएनए आइसिसी उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित कमिटी सदस्यमा ओसीनीयाबाट प्रेम सापकोटा, कुमार गिरी र भुवन पाण्डे हुनुहुन्छ ।


प्रकाशित | ५ आश्विन २०७९, बुधबार १६:३९