एनआरएनएमा सबै पक्षलाई समेटेर लैजान परराष्ट्रमन्त्री खडकाको सुझाव

लण्डन्:  बेलायतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ ।

प्रतिनिधि मण्डलले मन्त्री खड्कालाई लण्डनस्थित नेपाली दुतावासमा भेटघाट गरेको हो । भेटमा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेलले संस्थाका गतिविधिका बारेमा मन्त्री खड्कालाई जानकारी गराउनु भएको थियो । उहाँले एनआरएनए यूकेलाई एकताबद्ध बनाएर लैजाने प्रकृया शुरु गरिएको जानकारी दिनुभयो ।

मन्त्री डा. खड्काले गैर–आवासीय नेपाली संघ सबैको साझा संस्था भएको भन्दै सबै पक्षलाई समेटर लैजान सुझाव दिनुभयो । उहाँले बेलायतमा रहेका भूतपूर्व गोर्खाहरुको मागलाई वार्ता मार्फत समाधान खोज्न सरकारको तर्फबाट पूर्ण रुप सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

भेटको क्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, गैर–आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल र लण्डनस्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतको उपस्थिति थियो ।


प्रकाशित | ४ आश्विन २०७९, मंगलवार ०९:०३