नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, कुल संख्या ५८४ पुग्यो

काठमाडौं : कोरोना परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा संक्रमित संख्या ५८४ पुगेको बताउनुभयो ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  डा देवकोटाले मिडिया ब्रिफिङमा दिउँसो ३३ जना र बिहान ३२ जना संक्रमित थपिएको जानकारी गराउनुभएको थियो ।

सोही क्रममा सुर्खेतमा पनि ३ जना संक्रमित थपिएको जानकारी गराउनुभयो ।  सुर्खेतमा थप भएका ३ जना सहित आज शनिबार मात्र नेपालमा ६८ जना संक्रमित थपिएका हुन्।


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार १७:०४