एनआरएनए कार्यकारी अध्यक्ष आचार्य सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौँ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का कार्यकारी अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ ।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीमार्फत आचार्यलाई सो पदक प्रदान गरिएको हो ।

हाल कार्यकारी अध्यक्ष रहनु भएको आचार्य यसअघि एनआरएनए यूकेको अध्यक्ष हुँदै, यूरोप संयोजक र आइसिसी उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ भने विभिन्न संघसंस्थामा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ ।


प्रकाशित | ३ आश्विन २०७९, सोमबार १२:३५