सहकारी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आवश्यक: मेयर-बासुदेव थापा

भक्तपुरः सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारीहरुले रोजगारी श्रृजना गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताउनु भएको छ ।

अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार १३ औं वाषिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सहकारी क्षेत्रलाई स्थानीय तहसँग समन्वय गरेर काम गर्न आग्रह समेत गर्नु भयो ।

सहकारीमा देखिएका बिकृतीलाई नियन्त्रण गर्न स्थानीय तहले आफ्नो भूमिका खेल्ने बताउँदै थापाले राम्रो काम गर्ने सहकारीलाई सम्मान र गलत गर्नेलाई कारवाही गर्ने स्पष्ट पार्नुभयो।

सूर्यबिननायक नगरपालिकाभित्र सञ्चालनमा रहेका केहि सहकारीको बदमासीलाई नियत्रन्ण गर्ने तर्फ छिट्टै कदम चाल्ने समेत उहाँले बताउनु भयो ।

नियम अनुसार चलेका सहकारीहरुमा समस्या नभएको र नियम विपरीत चलेका केही सहकारीको कारण समग्र सहकारीहरुलाई समस्या भएको थापाको भनाइ छ ।

थापाले सूर्यबिनायक नगरपालिकामा रहेका सहकारीले गरेका हरेक गतिबिधिहरुको सुक्ष्म अवलोकन र अध्ययन गरिरहेको बताउँदै सबै सहकारीले आफ्नो धर्मलाई निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

सूर्यबिनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष इश्वर खड्काले अनमोल सहकारी सूर्यबिनायक नगरपालिका भित्र रहेका सहकारी मध्ये उत्कृष्ट सहकारी रहेको बताउँदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताउनुभयो ।

सूर्यबिनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्ने सहकारीहरु हमेशा सफल र उदाहरणिय रहने बताउँदै अनमोल सहकारीले तीनै पक्षलाई आत्मसाथ गरेको बताए ।

संस्थाका अध्यक्ष बच्चुराम थापाले संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताउनुभयो ।

सचिव राजु श्रेष्ठले यो संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताउनुभयो।

कोषाध्यक्ष तुलसादेवी थापा राईले आर्थिक वर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गर्दै संस्थामा ५ हजार ४ सय ३४ जना सदस्य रहेको जानकारी दिँदै आ व २०७८/०७९ मा ३ करोड ६८ लाख १२ हजार ९ सय शेयर पूँजी संकलन भएको, बचतमा १ अर्ब ८ करोड १९ लाख ७२ हजार ८ रुपैयाँ ४७ पैसा तथा ऋण लगानीमा १ अर्ब १ करोड ७९ लाख ३२ हजार २ सय २६ रुपैयाँ ६० पैसा भएको बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका प्रबन्ध निर्देशक राजु थापाले आ.व. २०७९र०८० का लागि भावी योजना तथा कार्यक्रमहरु राख्नु भएको थियो ।


प्रकाशित | २ आश्विन २०७९, आईतवार १८:०९