सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुँदै

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको छ । आगामी सेप्टेम्बर २३ तारिखमा हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्न लागेको हो । फेस्टिबलमा इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । ड्रिम हाइट्सको स्थापना १० वर्ष अगाडि कपिल सिम्खडा र पासाङ शेर्पाले गर्नु भएको थियो ।

ड्रिम हाइट्सले अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई मनोरञ्जन दिदै आइरहेको छ। आस्था ब्यान्ड, लाउरे, द अग्ली ब्यान्ड, साकार, सविन राई एण्ड द फारावो, वेक यबेश, नितेश जंग कुँवर, स्वप्न सुमन, भिटेन ,५ ः ५५ योद्धा क्युट विक (अनुप शाही) प्रसिद्ध कलाकारहरुलाई ल्याई गरेको अनुभव छ

अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकको दाबी छ । सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वाषिर्कोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो ।

यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।


प्रकाशित | १ आश्विन २०७९, शनिबार १९:१७