त्रिविद्धारा साइनाथसहित भारतका ४ विश्विद्यालयको समकक्षता स्थगन

काठमाडौं -त्रिुभवन विश्वविद्यालयले भारतका विभिन्न चार वटा विश्वविद्यालयलाई दिइदै आएको समकक्षता स्थगन गरेको छ ।

त्रिविले सिंघानियाल विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय, झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जावबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको हो।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्दैशक प्रा। डा। पारसनाथ यादवले भारतको विभिन्न राज्यमा रहका विश्वविद्यालयहरुको सर्टिपिकेटमा विभिन्न त्रुटि देखिएकोले केही समयको लागी समकक्षता स्थगन गरीएको बताए । भारतीय यि चार विश्वविद्यालयहरुमा देखिएको त्रुटिहरु छानविन गर्नको ३ सदस्यीय छानविन समति बनाइएको र छानविन समितिले बुझाएको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने यादवले जानकारी दिए ।

ति विश्वविद्यालयबाट जारी सर्टिफिकेटहरुमा केही त्रुटि देखिएको छ । त्यसका लागी छानविन समिति बनाएका छौँ , छानविन समितिको प्रतिवेदनको आधारमा ति विश्वविद्यालयहरुलाई दिइदै आएको समकक्षता खारेज गर्नै, केही समय सलगाउने तथा खुल्ला गर्नै भन्ने विषयमा निर्णय लिन्छौँ ‘यादवले भने ।


प्रकाशित | १७ भाद्र २०७९, शुक्रबार १५:१४