अनु लामाद्धारा फुटबल करियरबाट सन्यासको घोषणा

काठमाडौं :  राष्ट्रिय महिला फुटबल टिमकी सर्वाधिक गोलकर्ता अनु लामाले फुटबल करियरबाट सन्यासको घोषणा गरेकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाबाट फुटबलमा बिशेष योगदान गर्ने महिला खेलाडीको पुरस्कार ग्रहण गरेकी अनुले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेकी हुन् ।

यसै बर्ष नेपालमा सम्पन्न भएको महिला साफ खेलेर फुटबलबाट सन्यास लिने योजना अनुको रहेको थियो । तर अन्तिम समयमा टोलीमा समावेश नभएपछि उनी खेल जिवन छाड्ने योजनामा थिईन् ।

एन्फाले जेठ २२ लाई एन्फा दिवसका रुपमा मनाउँदै विभिन्न ११ विधामा अवार्ड वितरण गरेको थियो । अनुले समेत नेपाली फुटबलमा बिशेष योगदान गरेको भन्दै एन्फाले १५ लाख रुपैयाँ राशी सहित सम्मान गरेको थियो । राष्ट्रिय टोलीबाट २४ क्याप जितेकी अनुले सर्वाधिक ३५ गोल गरेकी छिन् ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार २१:२२