एनआरएनए कतारको नवगठित कार्यसमितिलाई नेपाली राजदूतावासको बधाई

दोहा: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको नवगठित कार्यसमितिको प्रतिनिधिमण्डल र नेपाली कुटनीतिक निकायका प्रमुख राजदूत डा.नरेश विक्रम ढकालबीच नेपाली राजदूतावासको कार्यालयमा सदाचार भेटघाट सम्पन्न भएको छ ।

विनोद कुँवर नेतृत्वमा रहेको आइसिसीको भर्खरै नवगठित एनआरएनए एनसिसी कतार र कतारका लागी नवनियुक्त राजदूत ढकालबीच नेपाली श्रमीकका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरण बारे छलफल भएको हो ।

May be an image of 5 people, people standing and indoor

एनसिसी कतारका अध्यक्ष सुरेश भट्ट आश्रिनका अनुसार भेटघाटको क्रममा राजदूत ढकालले आगामी दिनमा नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ कतारबीच श्रमीकका समस्या, नेपाली समाजको सम्मृद्धि र देश विकासका लागी चाहिने नवीनतम नीति निर्माण कार्यमा एक आपसमा सौहार्दपूर्ण समन्वयात्मक माध्यमबाट अघी बढ्ने विषयमा छलफल भएको थियो ।

May be an image of 4 people and people standing

साथै राजदूत ढकालले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।


प्रकाशित | ७ भाद्र २०७९, मंगलवार १८:४९