प्रधानमन्त्री ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका साथै देशको पछिल्लो अवस्थाका बारेमा देशबासीलाई जानकारी गराउने बताइएको छ ।


प्रकाशित | ३१ चैत्र २०७७, मंगलवार १६:२८