युवा संघको दबाबमूलक सरसफाई अभियान जारी, तेस्रो दिन चाबहिल–गौशाला क्षेत्रको फोहर उठायो

काठमाडौँ: दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँस्थित चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरेको छ । युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त उक्त अभियान अन्तर्गत तेस्रो दिन ६ टिपर फोहर संकलन भएको हो ।

No description available.

पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन गरिरहेको छ ।

काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको हो । त्यस्तै अभियानको दोस्रो दिन अर्थात् मंगलबार कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो ।

No description available.

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘यो अभियान हाम्रो आह्वान हो, अपिल पनि हो, सबै आऔँ फोहर उठाऔँ ।’

फोहर संकलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर संचालन गरिने र फोहर विसर्जन गर्ने स्थलसम्म पुराइने अध्यक्ष पौडेलको भनाई छ । अभियानको चौँथो दिन बिहीबार पनि राजधानीमै फोहर संकलन गरिनेछ ।


प्रकाशित | १ भाद्र २०७९, बुधबार २१:०७