जुम्लाबाट ज्ञानेन्द्र शाही चुनाव लड्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लालागि भएको उनको दाबी छ ।

प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको जुम्लामा यसअघि माओवादीबाट गजेन्द्रबहादुर महत विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार मतले हराएका थिए ।

 


प्रकाशित | २३ श्रावण २०७९, सोमबार १८:२१