एनआरएनए सिइओमा रवि किरण अधिकारी नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त हुनु भएको छ । संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई सिइओ नियुक्ति गरिएको हो ।

प्रमुख कार्यकारी निर्देशकका लागि ४ जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए । सिइओका लागि राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), बन्दना शर्मा र रवि किरण अन्तरवार्तामा सहभागी हुनु भएको थियो ।

छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।

सिइओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा. बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ हुनुहुन्थ्यो ।

यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराई हुनुहुन्थ्यो ।


प्रकाशित | २० श्रावण २०७९, शुक्रबार २०:२१