संसारभरि छरिएका नेपालीलाई मातृभूमिसँग जोड्ने प्रयासले सार्थकता पायो: अध्यक्ष आचार्य

काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक पारित हुनु एनआरएनको प्रमुख मुद्दाले सार्थकता पाउँदै गएको बताउनु भएको छ ।

सामाजीक संजाल मार्फत आचार्यले आज “ख़ुशीको दिन” भएको प्रतिक्रिया दिर्दै अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने तथा छिट्टै राष्ट्रपतिबाट प्रमाणीकरण हुने र त्यसपछि नागरिकता कार्यान्वयनको बाटो खुल्ने बताउनु भयो ।

प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सम्पूर्ण सांसदहरु राजनीतिक दलका नेताहरु, कानूनविद्, मिडिया लगायत संघका सम्पूर्ण एनआरएनएलाई धन्यवाद दिर्दै कार्यकारी अध्यक्ष समेत रहनु भएको आचार्यले संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्ने प्रयासले छिट्टै सार्थकता पाउने उल्लेख गर्नु भयो ।


प्रकाशित | ६ श्रावण २०७९, शुक्रबार २२:३७