‘राइट पाथ’ को पाँचौ शाखा भोलीबाट ललितपुरको कुमारीपाटीमा

काठमाडौँ । विगत लामो समयदेखी शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘राइट पाथ’ ले आफनो पाँचौ शाखा विस्तार गर्नै भएको छ । ‘राइट पाथ’ ले भोली शुक्रबार ललितपुरको कुमारीपाटीमा आफनो पाँचौ शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

नेपाली चलचित्रकी नायिका तथा ब्राण्ड एम्बेस्डर पुजा शर्माबाट उक्त शाखाको समुदघाटन हुने डाइरेक्टर फिलीप डीसीले बताए ।

कुमारीपाटी वा ललितपुर मै बेष्ट टेष्ट प्रिपेसन सेन्टर को आवश्यकता खड्कीएकोले हाइटेक इन्फ्रास्टकचर सहित यो शाखा खोल्न लागेको फाउन्डर सिइओ फिलिप डीसी बताउनुहुन्छ ।

बेलायतमा अध्ययन गरेर आएका डीसी नेपालको शैक्षिक परामर्श जगतकै उत्कृष्ट परामर्शदाताको रुपमा परिचित छन् ।

काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको ‘राइट पाथ’ ले आफना चितवन, दाङ, हेटौंडा, बुटवल र कुमारीपाटी शाखाबाट स्वदेश तथा विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको छ ।

शैक्षिक परामर्श लगायत विद्यार्थीको लागी आवश्यक पर्नै सम्पुर्ण काउन्सिलिङ अब कुमारीपाटीबाट प्राप्त गर्न सकिने बताइएको छ । उक्त शाखाबाट अन्य शाखा झै अष्ट्रेलिया, युके, युयसए, क्यानडा र युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युट हरूका बारेमा बिध्यार्थीहरूले गुणस्तरीय शैक्षिक परामर्श प्राप्त गर्न सक्नेछन्।


प्रकाशित | १६ असार २०७९, बिहीबार २१:०९