निष्पक्ष काम गरेकै कारण सबैको सहयोग पाइरहेको छु: बासुदेव थापा, मेयर (भिडियो रिपोर्ट)

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सबैको भावना समेटेर निष्पक्ष काम गरेकै कारण नगरका हरेक निर्णयहरु सर्वसम्मत हुने गरेको बताउनु भएको छ ।

मेयर थापाले दोस्रो कार्यकालको पहिलो नगर सभा सर्वसम्मत गर्न सफल हुनु भएपछि कुराकानी गर्नु हुँदै ऐन कानुन, नीति तथा नियम बनाएर निष्पक्ष ढंगबाट काम गरेकै कारण सर्वसम्मत निर्णय हुने गरेको बताउनु भयो ।

मेयर थापाले पहिलो कार्यकालमा समेत १२२ वटा कार्यपालिका बैठक र १० वटा नगर सभा समेत सर्वसम्मत गर्न सफल हुनु भएको थियो ।

त्यस्तै, मेयर थापाले सबैको साथ र सहयोगले मात्र सूर्यविनायकलाई समृद्ध नगर बनाउन सकिने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै जनप्रतिनिधि भएपछि कुनै एक पार्टीको नभई जनताको हितमा काम गर्नुपर्छ भन्ने भावनाले अगाडि बढेको बताउनु भयो ।

मेयर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनमुखी ल्याएको पनि बताउनु भयो । दोस्रो कार्यकालमा पार्टी र जनताले निर्वाचीत गराएपछि बाँकि रहेका अधुरा योजनालाई पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको र सोही अनुसार अगाडि बढेको उहाँले स्पष्ट पार्नु भयो ।


प्रकाशित | १४ असार २०७९, मंगलवार १९:४२