एनआरएनएको टोलीले गर्‍यो प्रधानमन्त्री देउवासँग भेट, नागरिकता, लगानी र वैदेशिक रोजगारका विषयमा ध्यानर्कषण

काठमाडौं:  गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा..बद्री केसी संग गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवा संग भेटघाट गरेको छ ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्या बारे अवगत गराउँदै गैर आवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् ।

त्यस्तै, अध्यक्षद्वले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैर आवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु संबोधन भएकोमा नेपाल सरकार प्रति आभार प्रकट गर्नु भयो ।

त्यस्तैगरि, प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको जानकारी दिनु भयो ।

भेटघाट कार्यक्रममा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसि पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैर आवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

गैर आवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधि मार्फत आयोजना गर्न गइरहेको छ ।

कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनीतिक दलहरु र सरोकारवालाहरु संग भेटघाट जारी राखेको छ ।


प्रकाशित | २८ जेष्ठ २०७९, शनिबार २०:१४