कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोली प्रमाणपत्र वितरण गरिने

काठमाडौँ – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।  शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको हो ।

नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् । विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गरेको छ ।


प्रकाशित | ९ पुष २०७८, शुक्रबार १४:४९