उकालो लाग्यो सुनको मूल्य

काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी भने आज पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी केही दिनदेखि स्थिर रहँदै आएको छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १४:४१